
दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबारदेखी लागु हुने गरी लकडाउनको घोषणा गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले लकडाउने लगाउने निर्णय गरेको हो । सोमबार साँझ बसेको केन्द्रको बैकले मंगलबारदेखि जिल्लामा लकडाउन जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । उनका अनुसार ३/४ दिनयता लक्षणसहितका संक्रमितको संख्या ह्रवात्तै बढेपछि लकडाउन लगाउन लागिएको हो । ‘केन्द्रको वैठक बसेका थियौ’ उनले भने, ‘संक्रमितको संख्या २ सय नकाट्दासम्म लकडाउन गर्ने कुरा थिएन । तर, वैठक बस्दा बस्दै स्वास्थ्य प्रदेश निर्देशनालयको विज्ञप्तीमा स्याङ्जामा २ सय पुगेको खबर आयो । अनि तत्काल लकडाउनको घोषणा ग¥यौ ।’
उनले स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय १२ पुगेको बताए । प्रजिअ नेपालद्वारा जारी गरिएको विज्ञप्तीमा वैसाख २१ मंगलबार बिहान ६ बजेदेखी बैसाख ३१ राती १२ बजे सम्मका लागि लकडाउन घोषणा गरिएको उल्लेख छ ।?यसअघि वालिङ, चापाकोट र गल्याङ् नगरपालिकाले स्वास्थ्य विपत घोषणा गर्दै बन्द गर्ने निर्णय गरेका थिए । समुदाय स्तरमा कोरोनका संक्रमण फैलिन थालेपछि तीन पालिकाले उच्च सर्तकर्ता अपनाउदै एक साताका लागि अत्यआवश्यक बाहेक सबै सेवा बन्द गर्ने निणर्य गरेका थिए ।
११ पालिका मध्ये सबै भन्दा बढी कोरोना संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । २ सय संक्रमित पुगेपछि जिल्ला लकडाउन गर्न सरकारबाट निर्देशन भए बमोजिम लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २ सय १२ मध्ये २१ जना सामान्य उपचारमा रहेको र १ सय ८८ होम आइसोलेन र तिन जना क्वारेन्टिनमा उपचारत रहेका छन् । जिल्लामा अन्य वालिङ, गल्याङ् र चापाकोट बाहेका अन्य पालिकाले परिक्षणको दायरा बढाएका छैनन् । तिन पालिकाले परिक्षणको दायरा बढाएकाले संक्रमण बढ्दो देखिएको बताइएको छ । स्याङ्जामा अहिलेसम्म विभिन्न पालिकामा गरि २ सय १० वटा आइसोलेसन वेड रहेका छन् । प्रजिअ नेपालले सवै पालिकामा आइसोलेसन सेन्टर बनाउने तयारी रहेको बताए । यसभन्दा अघि वालिङ, गल्याङ, भीरकोट, पुतलीबजार, फेदीखोला र आधीखोलामा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । कोरोनाका विरामीलाई मध्येनजर गर्दै जिल्ला अस्पतालमा १० वटा वेड एचडियु पाइपलाइनबाटै अक्सिजन दिन मिल्ने सेवाको लागि निर्माण गर्न लागिएको छ ।
प्रजिअ नेपाल भन्छन, ‘श्वास फेर्न गाह्रो भयो भने एचडियुमा राख्न सकिन्छ’ उनले भने, ‘त्यो भन्दा बढी भए अक्सिजन दिनुपर्छ । अहिले जिल्ला अस्पतालमा २५-३० जनालाई अक्सिजन दिन सकिने व्यवस्था छ ।’ उनले जिल्लामा क्वारेन्टाइनको संख्या पनि थप्ने तयारी रहेको बताए ।?दचश्रवैठकमा लकडाउनमा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने, अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकका गाडी प्रवेश निषेध, सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालनमा रोक, अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने निर्णय गरेको छ । यसैगरी, कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस गर्न पाइने छैन् ।
परम्परागत रुपमा र दैनिक रुपमा भइ आएको र दैनिक हुने आन्तरिक नित्य पूजा बाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न नपाइने, कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पूल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संहालय तथा चिडियाखाना सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि, फुटपाथ वा खुला ठाउमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन गर्न पाइने छैन् ।?दचश्रहोटल, रेष्टुरा, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्नेछ । त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइन्छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने, हवाई उडानबाट विदेश जानेका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै विमानस्थल जाने सवारी साधनलाई सहजीकरण गरिने छ । यी बाहेक यो अवधिमा मौका छोपेर अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारवाही गर्ने सरकारले जनाएको छ । आदेशको उल्लंघन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानून अनुसार कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।