सर्वदलीय वैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखे आक्रोश

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभा सचिवालयमा राखिएको सर्वदलीय वैठकमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सभामुख नेत्रनाथ अधिकारीलाई आक्रोश पोखेका छन् । विशेष अधिवेशन पार्टीको निर्णय अनुसार स्थगित गरेको आक्षेप लगाउदै मुख्यमन्त्रीले सभामुखलाई माफी माग्नुपर्ने भन्दै आक्रोशित बनेका हुन् । वैठकमा ५ वटै संसदीय दलका नेताको सहभागिता थियो ।

‘तपाईले कार्य व्यवस्थाको वैठकसमेत नराखी एक्कासी संसद स्थगित गर्नुभयो’ मुख्यमन्त्रीले भने, ‘यो संसदीय मर्यादा विपरीत कार्य हो । तपाई पार्टीको निर्णय अनुसार वैठक स्थगित गरेकाले माफी माग्नुपर्छ ।’ वैठक सभाुमख अधिकारीले सुरु गरेपछि मुख्यमन्त्री एक्कासी झोक्किएका हुन् । वैठकमा मुख्यमन्त्रीले कार्य व्यवस्थाको वैठक निषेधाज्ञापछि राख्ने प्रस्ताव गरेका थिए । जसपाका संसदीय दलका नेता हरिशरण अचार्यका अनुसार मुख्यमन्त्रीले जेठ १ मा कार्यव्यवस्था परामर्शको र जेठ २ मा संसद वैठक बोलाउन माग गरेका थिए ।

वैठकमा अन्य दलका नेताले विशेष अधिवेशन त्यति लामोसमय धकेल्न नहुने भन्दै असन्तुष्टि जनाए । सभामुख नेत्रनाथ अधिकारीले संसद स्थगित आफ्नो स्वार्थमा नभई हराएको सांसदको खोजी गर्नको लागि स्थगित गरिएको बताएका थिए । सांसद हराएको निवेदन आफूलाई प्राप्त भएपछि मानवीय रुपमा पनि खोजी गर्नुपर्ने दायीत्व रहेको बताउदै उनले सभामुखको आफ्नो एकल अधिकार क्षेत्रभित्र रहेर संसद स्थगित गरेको बताए । वैठकमा ५ वटै दलका नेताले आ आफ्नो धारणा राखेका थिए । जसमा चार दलका नेताले सभामुखको पक्षमा बोलेका थिए । मंगलबारको सर्वदलीय वैठकमा पनि सहमति जुट्न सकेन । सांसद अचार्यले बुधबार सवै दलको आ आफनो वैठक र विहिबार कार्य व्यवस्था परामर्श समितिको वैठक बस्ने गरि सर्वदलीय वैठक टुंगिएको बताए । उनले मुख्यमन्त्री सत्ता लम्ब्याउने खेलमा लागेको बताउदै मुलुकलाई राजनीतिक रुपमा बन्धक बनाउन लागेको आरोप लगाए ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सुरुमा मुख्यमन्त्रीले सभामुखसंग आक्रोश पोखेपनि अन्य दलले सभामुखको गल्ती नरहेको बताएपछि उनी बनेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले विहिबार बस्ने कार्य व्यवस्था परामर्शको वैठकले प्रदेशसभा वैठक तय गर्ने बताए । उनका अनुसार कार्य व्यवस्थाको वैठकमा पनि सहमति नजुटे पुनः सर्वदलीय वैठक राखेर संसद वैठक अगाडी बढाउने निर्णय भएको बताए । सत्तापक्षले लम्ब्याउन र विपक्षी दलले छिटै अधिवेशन टुंग्याउन माग राखेपछि सर्वदलीय वैठकमा पनि सहमति नजुटेको चुमानको भनाई छ । प्रदेशसभा वैठक वैशाख १५ देखी अनिश्चितकालको लागि स्थगित छ । विशेष अधिवेशन वैशाख १३ देखी सुरु भएको थियो । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले वैशाख १ कै मध्यरातमा हिउ“दे अधिवेशन अन्त्य गराएका थिए । चैत २५ मा सुरु भएको हिउ“दे अधिवेशन जम्मा ३ दिन चल्यो ।

वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्रवान गरेका हुन् । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । १४ को वैठकमा सत्तारुढ दलले सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको थियो । १५ गते दिउ“सो १ बजेसम्म स्थगित भएर संचालन भएको वैठकमा राजमोका सांसद खिमविक्रम शाही उपस्थिति नभएपछि राजमोकी सचेतक पियारी थापाले सांसदको खोजी गर्न माग गर्दै सचिवालयमा निवेदन दिएकी थिइन् । थापाले सांसदको अवस्था सार्वजानिक नभएसम्म संसद स्थगित गर्न माग राखेकी थिइन् । जनमोर्चाको माग अनुसार संसद वैठक अनिश्चितकालको लागि स्थगित भएको थियो । पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *