
यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनारमा आफ्नै नदीजन्य प्रशोधन मेसिन संचालनमा ल्याएको छ । आ“धीखोला सतहभन्दा माथी उठेको नदीजन्य वस्तुलाई प्रशोधन गरी नगरपालिका क्षेत्र भित्रका संचालित विकासका योजनालाई सहुलियत मुल्यमा प्रशोधित सामाग्री दिनको लागि नगरपालिकाले आफ्नै खर्चमा यो मेसिन संचालनमा ल्याएको नगरप्रमुख छायाराम खनालले बताए ।
उनका अनुसार नगरपालिका भन्दा बाहिरी क्षेत्रका योजनाको लागि भने यो सामाग्री केही महंगो पर्नेछ । ‘तत्काल बाहिर दिदैनौ’ उनले भने, ‘पहिलो चरणमा नगरभित्रको माग पुरा गर्नुपर्छ ।’ प्रशोधित सामाग्री प्रतिट्याक्टर ४ हजार ५ सय मुल्य निर्धाणर गरिएको छ । नगरपालिकाले १ करोड १५ लाख लगानीमा मेसिन जडान सम्पन्न गरेको छ । यसबाट ८ थरीको नदीजन्य वस्तुको प्रशोधन हुनेछ ।
नगरपालिकाले आम्दानीको स्रोत बढाउनको लागि पनि मेसिन जडान गरेको बताएको छ । ‘आँधीखोलामा जथाभावी उत्खनन् भयो’ खनाल भन्छन, ‘खोलाको वहाव नै परिवर्तन भयो । नदी संरक्षणको लागि रिक्स मोलेरै भएपनि आफ्नै मेसिन संचालनमा ल्याएका हौ ।’ उनले खेर गएको नदीजन्य वस्तु मात्र निकालेर प्रयोग गरिने बताए ।
नपाका अनुसार आँधीखोला किनारबाट सिधै नदीजन्य वस्तु उत्खन्न गर्न निषेध गरिएको छ । यदी कसैले उत्खनन् गरी लगेको भेटिएमा प्रति ट्याक्टर १० हजार जरिवाना तिराउने गरिएको नगरप्रमुख खनालले बताए । भीरकोट नगरपालिकामा ढुंगा, गिट्टी, बालुवाको अहिले ठेक्का दिइएको छैन । ‘दुई बर्ष ठेक्का दिदा“ न आम्दानी भयो, नत खोलाको संरक्षण भयो’ उनले भने, ‘जथाभावी सामाग्री झिक्दा खोला गहिरिएको छ ।’ नगरपालिकामा बुझाइएको एक अध्ययन प्रतिवेदनका अनुसार नगरभित्र पर्ने आ“धीखोला किनारबाट साढे ३ लाख घनमिटर नदीजन्य वस्तु निकाल्न सकिन्छ ।
यसबर्ष मात्रै नगरपालिकाले नदीजन्य वस्तु विक्री गरेर ५५ लाख रुपैया आम्दानी गरेको जनाएको छ । यस मेसिनबाट नगरपालिकाले मासिक ५० लाख रुपैया कारोबार गर्ने लक्ष्य लिएको छ । स्क्रिीनिङ मेसिनको प्रतिघण्टा एक मेक्ट्रिकटन नदीजन्य वस्तु प्रशोधन गर्ने क्षमता रहेको छ । नपाका अनुसार हाल ५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । स्थानीय लक्षमण अधिकारीका अनुसार यस मेसिनबाट प्रशोधित भएको वस्तु योजनामा सस्तो मुल्यसंगै गुणस्तरीय प्रयोग गर्न सकिनेछ ।
स्थानीय लोकबहादुर थापाले नगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रशोधन गरेर दिएको वस्तुले निर्माण गरिएका योजना पनि गुणस्तरीय हुने बताए । उनले भने, ‘यो राम्रो कामको सुरुवात हो । बाहिरी रुपमा नदीजन्य वस्तु लैजान नपाएपछि विरोध हुने स्वभावित हो तर, नगरपालिकाले विरोधका बावजुद पनि नदी किनारमा मेसिन राखेको छ ।