रहेनन् प्रेमध्वज

Share this post :

Facebook
Twitter
WhatsApp

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।  काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा उनलाई डाक्टर रवि शाही र डाक्टर रामगोपाल नेम्कुलले हेरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए। 

२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।

गोरेटो त्यो गाउँको’, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिएका सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन्।

उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत सिनेमामा समेत गीत गाएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *