२४ घण्टामा ५३ जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८२ सय ८७ जना संक्रमित थपिएका छन् । विभिन्‍न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।
२४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *