कोरोना भाइरस संक्रमितको संख्या थपिदै जादा स्याङ्जामा अक्सिजन ग्या“सको अभाव हुन थालेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अक्सिजन ग्या“सको सिलिण्डर अभाव रहेको बताएको छ । अक्सिजन सहितको आइसोलेसन वेड तयार गर्न लागिएको बताउदै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले संघ र प्रदेश सरकारसंग अक्सिजन सिलिण्डरको माग गरेको बताए ।
‘अक्सिजन सहितको वेड तयार गर्न लागेका छौ’ उनले भने, ‘कोरोना संक्रमितको संख्या थपिदै गएको छ । सिरियस विरामीको अवस्थामा अक्सिजनको समस्या छ ।’

उनले स्याङ्जामा हाल ४० वटा अक्सिजन ग्या“सको सिलिण्डर संचालनमा रहेको बताए । जिल्लाभर कोरोना संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । डिसीसीएसमीका अध्यक्षसमेत रहेका प्रजिअ नेपालले जिल्लामा अक्सिजन सहितका प्रस्तावित वेडको संख्या २ सय ९७ रहेको बताए । अहिल सामान्य आइसोलेसन वेड २ सय ७२ वटा रहेका छन् । पुतलीबजारस्थित जिल्ला अस्पतालमा निर्माणधीन अवस्थाका १० र वालिङ नगरपालिकामा निर्माण गरिएको ५ गरी जिल्लाभर १५ वटा अक्सिजन सहितका वेड रहेको उनले बताए । ‘जिल्ला अस्पताल पुतलीबजारमा अक्सिजन प्लाण्ट सहितका १० वटा वेड तयार हुदै छन्’ प्रजिअ नेपालले भने, ‘वालिङ नगरपालिकाले ५ वटा वेड अक्सिजन सहित तयार पारेको छ । फेरि १० वटा थप गर्ने तयारी गरेको छ ।’
भीरकोट नगरपालिका–१ हेलुस्थित कालिका सामुदायीक अस्पतालमा यसभन्दा पहिला आइसोलेसन सेन्टर निर्माण गरिएको भएपनि हाल अक्सिजन सहितका वेड तयार पार्न नसकिएको उनको भनाई छ । उनका अनुसार डाक्टर र नर्सको अभावका कारण वेड तयार हुन नसकेको हो । ‘अक्सिजन सहितको वेड संचालन गर्न २ डाक्टर र २ नर्सको आवश्यक छ’ उनले भने, ‘डाक्टर र नर्स नआएसम्म अक्सिजन सहितको वेड संचालन गर्न सकिदैन । वेड तयार पारेर के गर्ने ? चलाउन जोकोहीले सकिदैन ।’
जिल्ला अस्पतालमा १० वटा वेड तयार भएपछि तत्काल २० वटा वेड थप गर्नको लागि प्रदेश सरकारसंग प्रस्ताव राखिएको डिसीसीएसमीले जनाएको छ । डिसीसीएसमीका अनुसार गण्ण्डकी प्रदेशमा केही दिनमा ५ हजार अक्सिजन ग्या“सको सिलिण्डर आउदैछन् । ‘प्रदेशमा सिलिण्डर आएपछि स्याङ्जालाई पनि दिने कुरा भएको छ’ उनले भने, ‘हामीले संघीय सरकारसंग पनि सहकार्य गरेका छौ । आश्वासन पाएका छौ । तर, कहिले आउछन थाहा छैन ।’