समाज

गोरखामा फरार अभियुक्त पक्राउ

गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्त पक्राउ परेका छन् । स्याङजाको गल्याङ नगरपालिका-५ पिडीखोलाका ३४ वर्षीय सुमन श्रेष्ठ(सुवाल) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले…

प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्यार सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयरको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या…

कास्की कारागारलाई प्रदेश सरकारको २० लाख

गण्डकी प्रदेश सरकारले कास्की जिल्ला कारागारलाई २० लाख रुपैया विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सो रकम विनियोजन गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापा कारागार…

सार्वजानिक जग्गामा व्यक्तिको रिर्सोट

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाले करिव १ सय रोपनी सार्वजानिक जग्गा कव्जा गरि सुविधा सम्पन्न होटल बनाएका छन् । मुस्ताङ्को वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित उक्त रिर्सोट बनाएका हुन् । मुस्ताङको…

राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो राष्ट्रपतिको कार्यालयमा शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले सोमबार विशेष समारोहको आयोजना गरेको थियो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो…

स्याङ्जामा आलु महोत्सव

स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा यही चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको हो…

उकालो लाग्यो रेमिट्यान्स

२७.१ प्रतिशतले रेमिट्यान्स बृद्धि भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन अनुसार साउनदेखि माघसम्म कुल…

गण्डकीका १५ पालिका एक्यापविरुद्ध

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरुद्ध गण्डकी प्रदेशका १५ पालिका उत्रिएका छन् । एक्यापबाट पटकपटक काम अवरोध हुँदै आएको भन्दै १५ पालिकाका जनप्रतिनिधि एकै ठाउँमा उभिएका हुन् । माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोकमा…

आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता

नेपालको संविधानको धारा ७० मा बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार निर्वाचन आयोगले उपराष्ट्रपति उम्मेदवारको योग्यता तोकेको छ ।…

रामचन्द्र पौडेल तेस्रो राष्ट्रपति

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति हुन् । राष्ट्रपति पदका अर्का उम्मेदवार नेकपा एमालेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।…

द्वन्द्वकालीन मुद्दामा सबै माओवादीको एउटै स्वर

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादी सबै नेताले एउटै स्वर बनाएका छन् । दसवर्षे…

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेशी बिहीबार

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ३ वर्षअघि दिएको अभिव्यक्तिलाई लिएर मंंगलबार दर्ता भएको रिटको पेशी बिहीबारलाई तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार रिट दर्ता गरेका थिए । सर्वोच्चबाट खडा…

मलेसियामा बाढी : तीनको मृत्यु ४० हजारभन्दा बढी विस्थापित

बाढीका कारण मलेसियामा तीन जनाले ज्यान गुमाएका छन् भने ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । विभिन्न राज्यमध्ये शनिबारसम्म सबैभन्दा बढी जोहर राज्यमा क्षति पुगेको सरकारी तथ्यांकले देखाएको छ । जोहोरमा…

माओवादी एकताबद्ध हुनुपर्छ– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी एकताबद्ध हुनुपर्ने प्रतिक्रिया दिएका छन् । आफूहरुविरुद्ध षड्यन्त्र भइरहेको बताउदै उनले विभिन्न धारमा विभाजित हुँदासमेत बलियो भएपछि षडयन्त्र भइरहेको बताएका हुन् । सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद…

दूध लिटरमै १४ रुपैयाँ वृद्धि

शुक्रबार बसेको मन्त्रिपरिषदे्को वैकठले दुधको मूल्य बृद्धि गरेको छ । सरकारले प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा…

स्ववियु निर्वाचनकाे उम्मेदवारी दर्ता आज

आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनकाे प्रक्रिया शुक्रबारदेखि सुरु भएकाे छ । त्रिभुवन विश्वविद्यालयले निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गरेकाे हाे । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने…

प्रधानमन्त्री दाहाललाई थप ८ मन्त्रालयको जिम्मेवारी

एमालेका मन्त्री फिर्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमालेबाट प्रतिनिधित्व गर्दै ८ मन्त्रीले पदबाट राजीनामा दिएका थिए । उनीहरुले समाल्दै आएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री…

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : बुधबारदेखि निर्वाचन आचारसंहिता लाग्ने

फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगको मंगलबार बसेको वैठकले सो निर्णय गरेको हो । आचारसंहिता चैत…