प्रहरीले अक्सिजनका सिलिण्डर संकलन गरी कम्पनीलाई बुझायो

कास्की प्रहरीले विभिन्न संघ÷संस्थाबाट संकलन गरेका अक्सिजन ग्याँस सिलिण्डर । उक्त सिलिण्डर उत्पादन कम्पनीलाई हस्तान्तरण गरेको छ । तस्बिर प्रतिपत्र ।

बिश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण विभिन्न अस्पतालमा अक्सिजन ग्याँस सिलिण्डरको अभाव हुदै गएको छ । अस्पतालमा अक्सिजन ग्याँस सिलिण्डरको अभाव नहोस भन्ने उदेश्यले कास्की प्रहरीले अक्सिजन ग्याँसका सिलिण्डर संकलन गरी उत्पादन कम्पनीलाई बुझाएको छ । कास्की अन्तर्गतका बिभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसंग रहेका अक्सिजन ग्यास सिलिण्डर पछि सम्बन्धित संस्था तथा कम्पनीलाई नै फिर्ता गर्ने गरी संलकन गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । जिल्ला प्रहरी तथा मातहतका प्रहरी चौकीले सिलिण्डरको संकलन गरेका थिए ।
कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी १ सय ८७ वटा अक्सिजन ग्याँस सिलिण्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको डीएसपी हमालले बताए । प्रहरीले अन्य कम्पनी तथा व्यक्तिसंग त्यस्ता अक्सिजन सिलिण्डर भएमा अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराई समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *