गोरू काटेको आरोपमा तीनजना पक्राउ

गोरु काटेको आरोपमा स्याङ्जा प्रहरीले तीनजालाई पक्राउ गरेको छ । भदौ २० गते भीरकोट नगरपालिका–८ दाढुकफेदीस्थित जिउँदो गोरुको मासाु खाने गरि गोरु काटेर भागवण्डा लगाउदै गरेको अवस्थामा प्रहरीले सुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरुलाई प्रहरी चौकी दहथुमको टोलीले नियन्त्रणमा लिएको हो । सोही ठाउँका नैनसिंह गुरुङको घरमा रीतपूर्वक खानतली गर्दा नैन सिंह गुरूङ, हुमप्रसाद गुरूङ र खेम गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोरू काटी छाला तोडी, टाउको, खुट्टा, शरिर छुट्टाछुट्टै बनाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिनुका साथै मासु काट्न प्रयोग भएको दुईथान चक्कु बरामद गरी ‘पशुपंक्षी सम्बन्धी कसूर’ शिर्षमा सोही दिन जिल्ला अदालतमा दर्ता गरि ७ दिनको म्याद थपकोअ नुमति लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *