कमला नदीको पुल फेरि भासियो

दुई दिनदेखि भइरहेको वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको छ ।
हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतीरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।
उनकाअनुसार दुई फिट जति पिलर भासिएको छ। यसअघि गएको असारमा आएको बाढीले पूर्वतर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो।
९९ प्रतशित काम सकेर उद्धघाटनको तयारीमा रहेको यो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो।
४७० मिटर लामो यो पुल निर्माणका लागि ०६८ सालमा पौने २५ करोडमा ठेक्का सम्झौता भएको थियो।
११ मिटर चौडाइ रहेको कमला पुलमा १२ वटा स्पान रहेको छ। लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारण तथा किसानले डुंगा चढेर आवातजावत गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *