नेकपा एमालेकाे वडा अधिवेशन: फेदीखाेला २ मा अभिलाष गुरूङ निर्वाचित


नेकपा एमालेकाे शनिवार सम्पन्न वडा अधिवेशनमा स्याङ्जाको फेदिखाेला २ काे वडाध्यक्षमा अभिलाष गुरूङ निर्वाचित भएका छन् । गुरूङ सर्वसम्मत निर्वाचित भएका हुन् । गुरूङ यसभन्दा अघि पनि वडाध्यक्षकै भुमिकामा रहेका थिए ।
यस्तै, उपाध्यक्षमा जसबहादुर जिसी, सचिवमा एकनारायण गाैतम, उपसचिवमा शान्ति गुरूङ र हुमबहादुर खत्री निर्वाचित भएमा छन् ।
यसैगरी सदस्यहरूमा टकबहादुर गुरूङ, विजयकुमार कार्की, डिलबहादुर गाेदार, काजीबहादुर सिजार, गंगाधर पाैडेल, ईश्वरबहादुर अधिकारी, गाेपीबहादुर कार्की, रामजीप्रसाद शर्मा, दुर्गाप्रसाद शर्मा, ताराबहादुर खत्री, रामचन्द्र गाेदार, तेजकुमारी थापा, मनिषा सुनार, तारादेवी पाैडेल, सीता गाैतम, संगीता परियार, विष्णु घले, दुर्गादेवी नेपाली र मीना सुनार रहेका छन् ।

शनिवारकाे भेलाले २४ सदस्यीय समिति बनाएकाे छ । अध्यक्ष गुरूङका अनुसार ७ जना पछि मनाेनित गरिनेछ । नेकपा एमालेकाे शनिवार देशभर संचालन भएकाे वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा अाेलीले भर्चुअल माध्यमबाट संबाेधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *