तनावपूर्ण संसद्मा सभामुख डीपी अर्यालको संयमित भूमिका चर्चामा

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्ला दिनहरूमा प्रतिनिधिसभामा देखिएको तनावपूर्ण राजनीतिक वातावरणका बीच सभामुख को संयमित, शालीन र सन्तुलित भूमिकाको सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक प्रशंसा हुन थालेको छ।

प्रतिनिधिसभा बैठकका क्रममा विपक्षी दलका सांसदहरूले नाराबाजी गर्ने, रोष्ट्रमतर्फ अघि बढ्ने, कुर्सी उठाउने प्रयास गर्ने तथा सभामुखको आसनसम्म पुगेर विरोध जनाउने अवस्था पटक–पटक देखिएको छ। यस्ता तनावपूर्ण परिस्थितिमा पनि सभामुख अर्यालले शान्त, धैर्यवान र मर्यादित ढंगले बैठक सञ्चालन गर्ने प्रयास जारी राखेका छन्।

विशेषगरी विपक्षी सांसदहरू आक्रोशित भइरहेका बेला पनि उनले निरन्तर “माननीय सदस्यहरू” भन्दै सम्मानजनक सम्बोधन गरिरहनु, संवादमार्फत समाधान खोज्न आग्रह गर्नु तथा संसदीय मर्यादा कायम राख्न जोड दिनुले धेरैको ध्यान आकर्षित गरेको छ।

सामाजिक सञ्जालमा समेत सभामुख अर्यालको धैर्यता, सहनशीलता र निष्पक्ष भूमिकाको प्रशंसा भइरहेको छ। कतिपय प्रयोगकर्ताले उनलाई पछिल्ला वर्षहरूमा संसद्ले पाएको सबैभन्दा संयमित सभामुखमध्ये एक भएको टिप्पणी गरेका छन्।

को सिफारिसमा सभामुख बनेका अर्यालमाथि आफ्नो दलप्रति झुकाव देखाउने अपेक्षा वा आरोप लाग्ने सम्भावना रहे पनि संसद् सञ्चालनका क्रममा उनले सबै दललाई समान व्यवहार गर्न खोजेको देखिएको विश्लेषण गरिएको छ। आफ्नो दलको प्रभाव रहेकै अवस्थामा पनि बहुमतको बलमा प्रक्रिया अघि बढाउनुभन्दा विपक्षीको आवाज सुन्ने र उनीहरूको माग सम्बोधन गर्ने प्रयासलाई प्राथमिकता दिएको टिप्पणी भइरहेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख अर्यालले कार्यसूची बलपूर्वक अगाडि बढाउने विकल्प रोजेनन्। बरु विपक्षी पक्षको धारणा सुनेर सहमतिका लागि वातावरण बनाउने प्रयास गरे र अन्ततः बैठक स्थगित गर्ने निर्णय लिए।

राजनीतिक ध्रुवीकरण र बढ्दो टकरावका बीच सभामुख अर्यालले प्रदर्शन गरेको धैर्यता, संवादप्रतिको प्रतिबद्धता र संसदीय मर्यादाप्रतिको सम्मानले उनको भूमिकाप्रति सकारात्मक धारणा निर्माण गरिरहेको देखिन्छ। संसद् केवल बहुमतको बलमा मात्र नभई सहमति, सहकार्य र संवादको संस्कृतिबाट सञ्चालन हुनुपर्छ भन्ने सन्देश उनको व्यवहारले दिएको टिप्पणीसमेत हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *