कोरोना परीक्षणको झुटो रिपोर्ट बनाएको आरोपमा भ्रष्टाचार मुद्दा

कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनियमीत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको अख्तियारले जनाएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली भएको र उनले अस्पतालको छाप आफूखुशी बनाई दुरुपयोग गरेको पनि अख्तियारको दावी छ ।
उनले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसूर भएकाले विशेष अदालतमा मुद्दा दिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *