स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुनः निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणम अनुसार उनले १ सय ३२ को मतान्तरले काँग्रेसका लक्ष्मीप्रसाद बराललाई हराए । सुवेदीले ३ हजार ८ सय ३६ मत ल्याउदा बरालले ३ हजार ७ सय ४ मत ल्याए । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ निर्वाचित भएकी छन् । नेकपा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतान्तरले पछाडि पार्दै विजयी भएकी गुरुङले ३ हजार ९ सय ३८ मत प्राप्त गरेकी छन् भने, पराजुलीले २ हजार ३ सय ७९ मत प्राप्त गरेका छन् । यसैगरी ५ वटा वडा रहेको फेदीखोलामा क्रमश १ मा कांग्रेसका अमृत क्षेत्री, २ मा एमालेका अभिलाष गुरुङ, ३ मा कांग्रेसका कृष्णबहादुर रानाभाट, ४ मा कांग्रेसकै ख्यामनारायण पौडेल र ५ मा कांग्रेसकै डिलबहादुर गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पौडेलले जानकारी दिए ।
छुटाउनुभयो कि
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन…
प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अव संघिय राजधानीमै आवास
सात वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको लागि सरकारी आवास निर्माण गरिएको छ । २७ रोपनी १२ आना क्षेत्रफलमा आवास…
वर्षाका कारणले सडकमा १ अर्ब ५ करोडको क्षति
कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक…