मनाङको नार्फाभुमीमा निशुल्क स्वास्थ्य शिबिर

गण्डकी प्रदेशको दुर्गम जिल्ला मनाङमा निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । यहाँको इन्द्रदल गुल्मले नार्फाभुमी गाउँपालिकामा पाचँ दिने स्वस्थय शिबिर गरेको हो ।
गुल्मपती दिनेश मल्लको कमाण्डमा सडक सञ्जाल नभएको भौगोलिक हिसाबले बिकट तथा नेपाल सरकारले प्रदान गर्ने धेरै सेवा सुबिधाबाट बन्चित उत्तरी सिमावर्ती नार्फाभुमी पुगेर नेपाली सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो ।
युद्धबाहेक अन्य सैनिक अपरेशनको क्षमता अभिबृद्धि गर्ने, नागरिक र सेना बिचको सम्बन्ध सुमधुर बनाउने उदेश्यले गुल्मले स्वस्थय शिबिर गरेको गुल्मपती मल्लले बताए ।
निशुल्क स्वास्थ्य शिबिर नारगाउँमा ५१ जना आर्युबेद, ९४ जना आखाँ, १२ दाँत, १०६ जना ल्याबको उचार गरिएको हो । यस्तै च्याखुमा ४२ जना आर्युबेद, २० जना आखाँ, १४ दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको जना ल्याब टेष्ट गरिएको हो भने फुगाउँमा १५ जना आर्युबेद, २८ जना आखाँ, १५ दाँत र २१ जना ल्याब गरी कुल २६४ जनाको उपचार गरिएको मल्लले बताए ।
शिबिरमा उपचारमा आएका सबैलाई निशुल्क औषधीका साथै चस्मा समेत बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *