छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा बाबु पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । प्रहरीका अनुसार ती बालिका गत असोज ६ गते बलात्कारमा परेकी थिइन् । बाबु नभएको मौका पारेर माघ ६ मा प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि प्रहरीले ती व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको हो । आइतबार उनलाई प्रहरीले पक्राउ गरेर बागलुङ ल्याएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको बताए । अहिले बालिका आमासँगै बसेकी छन् ।
छुटाउनुभयो कि
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल उडानका लागि तयार
पोखरा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको बताइएको छ । विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरले गर्ने बताइएको…
कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र…
डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका…