नदीजन्य पदार्थ चोरी निकासी गरेका टिप्पर प्रहरीको नियन्त्रणमा

कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेका तीन वटा ट्याक्टरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान साढे ८ बजेको समयमा पोखरा–१९ तितेपानीस्थित भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरका ३ वटा टिप्परलाई चेकजाँच गर्दा टिप्परमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा लोड गरी ल्याईएको पाईएको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *