प्रतिनिधिसभा निर्वाचन : करिव डेढ कराेड मतपत्र छापियो

[post-views]

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि करिव डेढ कराेड मतपत्र छापिएकाछन् । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापेको जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।

कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २ सय थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाएको बतायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *