प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय आज १ बजेसम्म, चुनाव चिह्न पनि आजै दिइने

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने आज अन्तिम दिन हाे । निर्वाचन आयाेगका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।
निर्वाचन आउन अवफ४१ दिन बाँकी छ ।उम्मेदवारलाई आयोगले आजै चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेकाे प्रेस विज्ञप्तिमार्फत जनाएकाे छ ।

आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । फिर्ता लिने समय सकिएपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा गत माघ ६ गते एकैपटक मनोनयन दर्ता भएको थियो । जसमा ३ हजार ४८६ जनाले उम्मेदवारी दिएका छन् । कुल उम्मेदवारमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना अन्य रहेका छन् ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने समय थियो । परेका उजुरी र मनोनयन पत्रमाथि जाँचबुझ गरी बिहीबार साँझसम्म निर्णय गरेर आयोगले नामावली प्रकाशन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *