प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट गाेरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल (फेसबुक)मा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
उमेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका नेताले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने सुझाव दिएका उनले बताए ।