बालेन शाहले गरे पाथीभरा दर्शन

झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेद्वार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिस्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार विहान पाथीभरा दर्शन गरेका छन् ।

उनअं बिहीबार ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा बास  बसेका थिए । शाहको टोलिले शुक्रबार विहान ३ हजार ७९४ मिटर उचाइमा रहेको मन्दिरमा पुगेर दर्शन गरेको हाे ।

बालेनसँगै रास्वपाका समानुपातिक उम्मेद्वार मिङमा डेभिड शेर्पा, ताप्लेजुङ सभापति विरेन्द्र श्रेष्ठ लगायत सहभागी थिए । शाह शुक्रबार ताप्लेजुङवाट फर्कने कार्यक्रम रहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *