पोखरा महानगरपालिका–१७ ड््यामसाइड क्षेत्रमा संचालन हुँदै आएको जुवाको अखडा प्रहरीले भत्काएको छ । शनिवार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले साढे ३ लाख नगदसहित ११ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ३ लाख ४६ हजार ९६५ रुपैयाँ नगदसहित १० बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्र्यालय कास्कीमा आइतबार सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
ड्यामसाइडमा जुवाको अखडा : साढे ३ लाख नगदसहित ११ जना पक्राउ