पोखराका चार पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघको आयोजनामा पोखरामा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने चार जना पत्रकारलाई सम्मान गरिएको छ । “नेपाल पत्रकार महासंघ स्थापना दिवस” को अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

पाेखरामा सक्रिय रहँदै पत्रकारिता पेशामा योगदान पुर्‍याएका पत्रकारहरूलाई “पोखरा पत्रकारिता सम्मान” तथा “जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार” प्रदान गरिएको आयोजकले जनाएको छ ।

सम्मानित व्यक्तिहरूलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोसल्ला ओढाएर, माला लगाएर सम्मानपत्र प्रदान गरे । पाण्डेले पत्रकारिताको विश्वसनीयता, निष्पक्षता र जिम्मेवारी अझ सुदृढ बनाउन यस्ता सम्मानले प्रेरणा दिने बताए । कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *