जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका
छवि रिजाल पक्राउ परेका छन् । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
तत्कालीन गृहमन्त्री रमेश लेखक निकट रहेका रिजाल जेनजी आन्दोलनमा दमन गरेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।
गृहमन्त्री रमेश लेखकको पालामा गृहमन्त्रालयकाे प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोपसमेत छ ।


