नेकपा एमालेले ओली पक्राउविरुद्ध सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्धमा सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने बताएको छ । नेकपा एमाले सचिवालय वैठकले सो निर्णय गरेको हो ।

बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भएको भन्दै सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको बताए । उनले सदन, सडक र कानुनी बाटोबाट अघि बढ्ने बताए ।

एमालेले २४ चैतमा केन्द्र, जिल्ला र स्थानीयस्तरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । ‘मुलुकलाई मुढभेड र आतंक सृजना गर्न सरकार अघि बढेको आरोप एमालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *