राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सचिवालय टिम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीअनुसार पार्टीको नेतृत्व संरचनामा केही नयाँ अनुहारहरू समेटिएका छन् भने केही पुराना अनुहारलाई जिम्मेवारी दोहोर्याइएको छ ।
गत निर्वाचनमा पराजित भएका भूपदेप शाहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । वालेन शाह काठमाडौ महानगरमामेयर रहँदा उनी पीए थिए । प्रधानमन्त्री बनेका पार्टीका वरिष्ठ नेता वालेन शाह सकृय राजनीतिबाट बाहिरिएका छन् । नयाँ सचिवालय टिममार्फत पार्टीले संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
सचिवालय टिममा सभापति, उपसभापति, र महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्य गरि १६ जना रहेका छन् । जसमा ४ जना महिला छन् ।