प्रहरी उपरीक्षक नवीन कार्की ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक नवीन कार्कीलाई २०८२ साल चैत महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत कार्कीले संगठनले दिएको जिम्मेवारी इमान्दारी, कर्तव्यनिष्ठा तथा उच्च व्यावसायिक दक्षताका साथ सम्पन्न गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।

विशेषगरी, पोखरा महानगरपालिका–८ क्षेत्रमा भएको एक घटनामा संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कार्यलाई प्रमुख आधार बनाइएको प्रहरीको भनाइ छ । उक्त घटनामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको थियो । प्रहरी नियमावली, २०७१ बमोजिम उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनलाई चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *