त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ । उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीको विवरण संकलन गर्ने कार्य गरिरहेको छ । थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासी होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएकाे छ ।
यसैगरी, होल्डिङ सेन्टरमा रहेकाहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ । थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला राखिएका छन् । ती केन्द्रहरूबाट सामान्य प्राथमिक उपचार सेवा प्रदान भइरहेको छ ।