भन्सारको कडाइप्रति भारतको चासो

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल सरकारले भारतबाट ल्याउने सामानलाई सीमाना (भन्सार) मा कडाइ गरेसँगै भारत सरकारले चासाे देखाएकाे छ । भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउन नपाइने गरी सीमा क्षेत्रमा नेपालका तर्फबाट गरिएको कडाइप्रति भारत सरकारले चासो देखाएको हाे । 
भारतको विदेश मन्त्रालयले यस विषयमा नेपाल सरकारसँग कुराकानी भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमार्फत सीमावर्ती क्षेत्रमा भइरहेको पछिल्लो गतिविधिबारे भारत सरकार जानकार रहेको बताएका हुन् । उनका अनुसार नेपालको उक्त कदम अनौपचारिक व्यापार तथा तस्करीलाई नियन्त्रणका लागि उठाइएको कदम हो, भन्ने हाम्रो बुझाई हो । भारतबाट नेपालतर्फ आफ्नो निजी घरायसी प्रयोजनका लागि लगिने समानमा होइन भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *