Thursday, १५ October २०२६
समाज

स्याङ्जामा १२ वर्षीया बालिका बलात्कारकाे आरोपमा एक पक्राउ

स्याङ्जामा १२ वर्षीया बालिका बलात्कारकाे आरोपमा एक पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका–६ निवासी २८ वर्षीय सन्दिप बिक पक्राउ परेका छन् । उनलाई जेठ २ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।
प्रहरीका अनुसार घटना जेठ १ गते राति करिब ११ बजेकाे हाे । पक्राउ परेका बिकमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत स्याङ्जामा मुद्वा दर्ता गरी  पाँच दिन म्याद थप गरिएकाे जिल्ला प्रहरी प्रमुख दधिराम न्याैपानेले बताए । एसपी न्याैपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।