Thursday, १५ October २०२६
समाज

२० करोडभन्दा बढीको कारोबार गर्ने व्यवसायलाई केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) अनिवार्य

२० करोडभन्दा बढीको कारोबार गर्ने व्यवसायलाई केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) अनिवार्य

नेपाल सरकारले अनिवार्य विद्युतीय बीजक (ई-बिलिङ)को वार्षिक कारोबार सीमा २५ करोडबाट घटाएर २० करोड रुपैयाँ बनाएको छ । बैंक तथा वित्तीय संस्थाबाहेक यो सीमा नाघ्ने सबै व्यवसायले अब केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) मा जोडिएर अनिवार्य रूपमा ई-बिलिङ गर्नुपर्नेछ । समयमै प्रणाली अपडेट नगरेमा बिल अमान्य हुने र कर परीक्षणका क्रममा जरिवाना भोग्नुपर्ने हुनसक्छ ।