जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तानका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका जिल्ला कास्की, मादी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१३ बाझापाटन बस्दै आएका ३२ वर्षीय हेमकुमार तामाङ मिति २०७०/१०/१२ गते कारागार कार्यालय कास्कीबाट फरार भएका थिए।

फरार रहेका तामाङलाई वडा प्रहरी कार्यालय रामबजार, कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८३/०१/१४ गते पोखरा महानगरपालिका–१३ स्थित दुई कुलाको मुहान क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *