फरार दुई कसूरदार पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा प्रहरीले अदालतबाट भएका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अभियानअन्तर्गत फरार रहेका दुई जना कसूरदारलाई पक्राउ गरेको छ।

मिति २०८३/०२/११ गते वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानीका लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला स्याङ्जा, वालिङ नगरपालिका–११ घर भई हाल वडा नं. १ बस्दै आएका टुकाराम विक रहेका छन्। उनीमाथि राष्ट्रिय वन क्षेत्रको सल्ला जातको रूख अवैध रूपमा कटान गरेको मुद्दामा रु. ३ लाख १९ हजार १० रुपैयाँ जरिवाना तोकिएको थियो।

यस्तै, वालिङ नगरपालिका–१४ निवासी भद्रबहादुर खाम्चा पनि पक्राउ परेका छन्। उनलाई कुटपिट मुद्दामा अदालतले ३ महिना कैद तथा रु. १ हजार ५ सय जरिवानाको फैसला गरेको थियो।

प्रहरीले फरार कसूरदार पक्राउ अभियानलाई निरन्तर जारी राख्दै न्यायिक कारवाहीलाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा प्रतिबद्ध रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *