भूमि समस्या समाधान आयोगमा नयाँ पदाधिकारी नियुक्त, बलभद्र वास्तोला अध्यक्षमा नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले भूमि समस्या समाधान आयोगमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।

जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा आयोगको अध्यक्ष तथा सदस्य पदमा राजनीतिक नियुक्ति गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगको अध्यक्षमा बलभद्र वास्तोला (कास्की) नियुक्त भएका छन्। त्यस्तै आयोगका सदस्यहरूमा अमिर प्रसाद न्यौपाने (काठमाडौं), पद्मिनी सोती (लमजुङ)डा. रेहना श्रेष्ठ (काठमाडौं) नियुक्त भएका छन्।

सरकारले भूमि सम्बन्धी समस्या समाधान, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकका विषयमा आवश्यक कामलाई प्रभावकारी बनाउन आयोगमा नयाँ नेतृत्व नियुक्त गरेको जनाएको छ।

नवनियुक्त पदाधिकारीहरूले भूमिसम्बन्धी समस्या समाधान, तथ्याङ्क संकलन, नीतिगत सुझाव तथा भूमिहीन र अव्यवस्थित बसोबासी नागरिकका मुद्दामा सरकारसँग समन्वय गरी काम गर्ने अपेक्षा गरिएको छ। आयोगको नयाँ नेतृत्वसँग भूमि व्यवस्थापन र समस्या समाधानका कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *