गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । मंगलबार बसेकाे प्रदेशसभा वैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम पढेर सुनाएका छन् । नीति कार्यक्रमले सुकुम्बासी समस्या समाधान, सहकारी संस्था बलियाे बनाउने र चक्लाबन्दी कार्यक्रम लगायतलाई जाेड दिएकाे छ ।




