आईपीएल (IPL) मा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालालाई पनि जोड्न सकिन्छ: रवि लामिछाने

Share this post :

Facebook
Twitter
WhatsApp

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल परम्परागत राजनीति र कूटनीतिमा मात्र सीमित नराखी खेलकुद क्षेत्रसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

भारतबाट प्रकाशित हुने प्रतिष्ठित दैनिक पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत् उनले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क गर्दै सहकार्यका विभिन्न प्रस्तावहरू समेत राखेका छन्। उनले दुई देशबीचको सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’ को आधारमा अझ प्रगाढ बनाउनुपर्ने जोड दिएका हुन्।

यसै सन्दर्भमा खेलकुदलाई सहकार्यको एउटा बलियो माध्यमका रूपमा प्रस्तुत गर्दै उनले हालै भारतको अहमदाबादमा प्रत्यक्ष रूपमा आईपीएल (IPL २०२६) को फाइनल खेल हेरेको उल्लेख गर्दै लेखेका छन्:

“We did not just watch the IPL final live in Ahmedabad recently; we have also been deeply contemplating how Nepali players and Nepali stadiums can be integrated into the IPL franchise.” (हामीले हालै अहमदाबादमा आईपीएलको फाइनल खेल प्रत्यक्ष रूपमा मात्र हेरेनौं; नेपाली खेलाडी र नेपाली रंगशालाहरूलाई आईपीएल फ्रेन्चाइजमा कसरी समाहित गर्न सकिन्छ भन्नेबारे पनि गम्भीरतापूर्वक विचार गरिरहेका छौं ।)

नेपाल र भारतबीचको खेलकुद कूटनीतिले दुवै देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *