स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप बिहान करिब ११:२० बजे ब्रेक फेल हुँदा सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा वालिङ-७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएकाे जिल्ला प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनसार दुर्घटनामा घाइते भएका बिरकट्टाकाे प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको हाे । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै राखिएको छ ।
दुर्घटनामा जीपमा सवार १८ जनामध्ये चार जना गम्भीर, आठ जना मध्यम र पाँच जना सामान्य घाइते भएका थिए । चालक वालिङ-७ का २८ वर्षीय मिनबहादुर सारू सामान्य घाइते भएका छन् भने उनी प्रहरी नियन्त्रणमा रहेका छन् । घाईतेलाई उपचारकाे लागि पाेखरा रिफर गरिएकाे छ भने, दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
Vi na 24h mb… Sounds totally new to me! I’m always open to exploring new options, Let’s see what it is! Visit here: vi na 24h mb
Hey, I’ve been trying out 888bet, and it’s pretty cool. Good site to browse and some decent games. Have a look at 888bet when you get a chance!
ae66 is growing on me. The interface is clean, and it’s easy to find what you’re looking for. Big plus in my book. ae66