रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट नयाँ नेतृत्व चयन, रवि सभापति र बालेन वरिष्ठ नेतामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै संगठनलाई नयाँ संरचनामा अघि बढाएको छ । महाधिवेशनबाट पार्टीका संस्थापक सभापति रवि लामिछाने पुनः सभापतिमा निर्वाचित भएका छन् भने प्रधानमन्त्रीसमेत रहेका बालेन शाह पार्टीको वरिष्ठ नेताको भूमिकामा रहेका छन् ।

महाधिवेशनले पार्टीको नेतृत्वलाई अनुभव, दक्षता र नयाँ पुस्ताको संयोजनका रूपमा प्रस्तुत गरेको छ। पार्टीको उपसभापतिमा अर्थविद् तथा अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्रीकाे जिम्मेवारी समालेकी सोबिता गौतम निर्वाचित भएका छन् ।

त्यस्तै, विपिन कुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। संगठन विस्तार र पार्टी सञ्चालनको महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सहमहामन्त्री पदमा हरि ढकाल, असिम शाहनिशा डाँगी निर्वाचित भएका छन्।

महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वलाई पूर्णता दिने क्रममा प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष तथा केही अन्य पदाधिकारीहरू भने विधानअनुसार मनोनयनमार्फत चयन गरिने व्यवस्था गरेको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टी स्थापनापछिको सबैभन्दा महत्वपूर्ण संगठनात्मक अभ्यासका रूपमा हेरिएको छ। यस महाधिवेशनले पार्टीलाई संस्थागत गर्दै आगामी राजनीतिक यात्राका लागि स्पष्ट नेतृत्व, नीतिगत दिशा र संगठनात्मक आधार तयार गरेको नेताहरूको भनाइ छ।

नवनिर्वाचित नेतृत्वले सुशासन, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारविरुद्धको अभियान, आर्थिक समृद्धि र नागरिकमुखी शासन प्रणालीलाई केन्द्रमा राखेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, देशभर संगठन विस्तार गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई अझ सुदृढ बनाउने लक्ष्यसमेत लिइएको छ।

निर्वाचित पदाधिकारीहरू :

  • सभापति: रवि लामिछाने
  • वरिष्ठ नेता: बालेन्द्र (बालेन) शाह
  • उपसभापति: स्वर्णिम वाग्ले
  • उपसभापति: सोबिता गौतम
  • महामन्त्री: विपिन कुमार आचार्य
  • सहमहामन्त्री: हरि ढकाल
  • सहमहामन्त्री: असिम शाह
  • सहमहामन्त्री: निशा डाँगी

रास्वपाको पहिलो महाधिवेशनबाट चयन भएको यो नेतृत्वले पार्टीलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा सशक्त वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

One thought on “रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट नयाँ नेतृत्व चयन, रवि सभापति र बालेन वरिष्ठ नेतामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *