६७औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतीजा, ३ विद्यार्थीले दिलाए पदक

चिनको साङ्घाईमा यहि जुलाई १० देखी जुलाई २० सम्म सम्पन्न भएको ६७औ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीलेे समग्रमा ५७ अंक हासिल गरी यस अघिको समग्र अंक ४६ लाई पछि पार्दै इतिहास कायम गरेको छ।

कार्यक्रममा सहभागीमध्ये, सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य, र धादिङका निसान खत्रीले समान एक-एक अनरेवल मेन्सन (एच.एम् ) दिलाएका हुन् । अन्य सहभागि वर्दियाका मिसन जोसी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोख्रेलको समग्र अंकबाट नेपालको ऐतिहासिक रेकर्ड अंक प्राप्त गरी ११७ मध्ये ३३ देशलाई पछि पार्दै ८४ औं स्थानमा रहन सफल भएको संंथाका अध्यक्ष एवं कन्ट्री लिडर हरि प्रपन्न कँडेलले बताएका छन् ।

सन २०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १०औं सहभागीता हो । कार्यक्रममा नेपाल सहित करिब ११७ देेसका ६६६ युवा विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् । नेपाल सरकार, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि – २०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपालद्वरा संचालित करिब २५०० बढी प्रतिस्पर्धी विद्यार्थीबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिना बढिको तालीम मार्फत अधिराज्य भरबाट ६ जना प्रतिस्पर्धी विद्यार्थी छनौट भएको कार्यक्रम संयोजक, म्याथम्याटिकल एसोसिएसन अफ नेपालका महासचिव छबि ढुङ्गानाले बताए ।

विद्यार्थीलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धामा सरकारी निकायबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने ढुङ्गानाले बताए ।

साङ्घाई पुग्नुअघि टोली करिब ७० बढी देश सहभागी हुने करिब २१ दीनको बन्द प्रशिक्षणमा सहभागी भएको थियो । ६७औं गणित ओलम्पीयाडमा उत्कृष्ट नतिजाका लागि टिम तयार पारिएको राष्ट्रिय प्रशिक्षक ई. प्रजित अधिकारीले जानकारी दिए ।

कार्यक्रमको सह नेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका थिए भने टिम यही जुलाई २१ मा स्वदेश फर्किएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *