पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिलोम परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन भएका छ ।
एलिट एक्स्पेडले निम्सदाईसहित उनका सहयात्री पुरबहादुर गुरुङ र निमा शेर्पाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनीहरूको साहस र प्रेरणादायी योगदान सदैव सम्झिरहने जनाएको छ ।
कम्पनीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, निम्सदाईको विरासतले भविष्यका पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।
शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले ुगहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौुं भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्य पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ ।
एलिट एक्स्पेडले निम्सदाइसँगै दुर्घटनामा ज्यान गुमाउने उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले मृतकका परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
कम्पनीका अनुसार निम्सदाइको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको अवस्थामा पुर्याएको हो । उनका कारण प्रेरित भएका असंख्य मानिसहरूमार्फत उनको विरासत सदैव जीवित रहने कम्पनीको विश्वास छ ।
एलिट एक्स्पेडले खोज तथा उद्धारमा संलग्न सबै उद्धारकर्मी र अत्यन्त कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै, मृतकका परिवारप्रति सम्मान जनाउँदै सम्बन्धित निकायले पुष्टि गरेका विवरणबाहेक थप कुनै सार्वजनिक टिप्पणी नगर्ने कम्पनीले जनाएको छ ।