Thursday, १५ October २०२६
समाज

आरोहणका हिसाबले ब्रड पिक चुनौतीपूर्ण, २०२२ मा नेटफ्लिक्सले बनाएको थियो फिल्म

आरोहणका हिसाबले ब्रड पिक चुनौतीपूर्ण, २०२२ मा नेटफ्लिक्सले बनाएको थियो फिल्म

‘ब्रड पिक’को निर्देशन लेशेक दाविदले गरेका हुन् । यो चलचित्र पोल्यान्डका प्रसिद्ध पर्वतारोही माचेय बेर्बेकाको वास्तविक जीवनमा आधारित छ ।

ब्रड पिकलाई आरोहणका दृष्टिले निकै चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । यो विश्वको १२औँ अग्लो हिमाल हो । ब्रड पिकको चुचुरो समुद्री सतहबाट ८ हजार ४७ मिटरको उचाइमा रहेको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार हिजो हिमपहिरो गएको स्थान पनि यही शिखर क्षेत्र हो, जुन काराकोरम हिमशृंखलामा पर्छ ।

ब्रड पिक ती १४ वटा ‘डेथ जोन’ ९८,००० मिटरभन्दा माथिका० हिमालमध्ये एक हो, जसलाई नेपाली पर्वतारोही निर्मल पुर्जा ९निम्स दाइ० ले सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

सन् २०२२ मा ‘ब्रड पिक’ शीर्षकमा नेटफ्लिक्स फिल्म पनि बनेको थियो । उक्त फिल्ममा एक पोलिस पर्वतारोहीले ब्रड पिकको पहिलो शीतकालीन आरोहण गर्ने प्रयास गरेको वास्तविक कथालाई प्रस्तुत गरिएको छ ।

ब्रड पिकुको निर्देशन लेशेक दाविदले गरेका हुन् । यो चलचित्र पोल्यान्डका प्रसिद्ध पर्वतारोही माचेय बेर्बेकाको वास्तविक जीवनमा आधारित छ । उनी जाडो याममा हिमाल आरोहण गर्ने विश्वप्रसिद्ध पोलिस टोली ुआइस वारियर्सु का सदस्य थिए ।

चलचित्रको कथा सन् १९८८ मा माचेय बेर्बेकाले काराकोरम हिमशृङ्खलामा रहेको ब्रड पिक हिमालको पहिलो सफल शीतकालीन आरोहण गर्ने प्रयासबाट सुरु हुन्छ । आरोहणका क्रममा उनी मृत्युको मुखबाट जोगिएर पोल्यान्ड फर्किन्छन् र राष्ट्रिय नायकका रूपमा सम्मानित हुन्छन् ।

तर केही समयपछि उनले एउटा पीडादायी सत्य थाहा पाउँछन् । उनको टोलीले उनीबाट एउटा महत्त्वपूर्ण तथ्य लुकाएको रहेछ( उनी वास्तविक शिखरमा होइन, ‘रकी समिट’ भनिने स्थानसम्म मात्र पुगेका थिए, जुन वास्तविक शिखरभन्दा करिब २३ मिटर तल थियो । आफूलाई धोका दिइएको महसुस गरेपछि बेर्बेकाले पर्वतारोहण नै छोड्ने निर्णय गर्छन् ।

२५ वर्षपछि भने उनी अधुरो सपना पूरा गर्न फेरि काराकोरम फर्कने निर्णय गर्छन् । सन् २०१३ को ऐतिहासिक शीतकालीन ब्रड पिक अभियानमा सहभागी हुँदै उनले आफ्नो अधुरो लक्ष्य पूरा गर्ने प्रयास गर्छन् । तर आरोहणपछि फर्किने क्रममा माचेय बेर्बेका र तोमास कोवाल्स्की बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि विशेष टोली गएको थियो । तोमास कोवाल्स्कीको शव करिब ७,९५० मिटर उचाइमा फेला परेको थियो तर बेर्बेकाको भने शव भेटिएन ।
कान्तिपुरबाट…