आरोहणका हिसाबले ब्रड पिक चुनौतीपूर्ण, २०२२ मा नेटफ्लिक्सले बनाएको थियो फिल्म

‘ब्रड पिक’को निर्देशन लेशेक दाविदले गरेका हुन् । यो चलचित्र पोल्यान्डका प्रसिद्ध पर्वतारोही माचेय बेर्बेकाको वास्तविक जीवनमा आधारित छ ।

ब्रड पिकलाई आरोहणका दृष्टिले निकै चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । यो विश्वको १२औँ अग्लो हिमाल हो । ब्रड पिकको चुचुरो समुद्री सतहबाट ८ हजार ४७ मिटरको उचाइमा रहेको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार हिजो हिमपहिरो गएको स्थान पनि यही शिखर क्षेत्र हो, जुन काराकोरम हिमशृंखलामा पर्छ ।

ब्रड पिक ती १४ वटा ‘डेथ जोन’ ९८,००० मिटरभन्दा माथिका० हिमालमध्ये एक हो, जसलाई नेपाली पर्वतारोही निर्मल पुर्जा ९निम्स दाइ० ले सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

सन् २०२२ मा ‘ब्रड पिक’ शीर्षकमा नेटफ्लिक्स फिल्म पनि बनेको थियो । उक्त फिल्ममा एक पोलिस पर्वतारोहीले ब्रड पिकको पहिलो शीतकालीन आरोहण गर्ने प्रयास गरेको वास्तविक कथालाई प्रस्तुत गरिएको छ ।

ब्रड पिकुको निर्देशन लेशेक दाविदले गरेका हुन् । यो चलचित्र पोल्यान्डका प्रसिद्ध पर्वतारोही माचेय बेर्बेकाको वास्तविक जीवनमा आधारित छ । उनी जाडो याममा हिमाल आरोहण गर्ने विश्वप्रसिद्ध पोलिस टोली ुआइस वारियर्सु का सदस्य थिए ।

चलचित्रको कथा सन् १९८८ मा माचेय बेर्बेकाले काराकोरम हिमशृङ्खलामा रहेको ब्रड पिक हिमालको पहिलो सफल शीतकालीन आरोहण गर्ने प्रयासबाट सुरु हुन्छ । आरोहणका क्रममा उनी मृत्युको मुखबाट जोगिएर पोल्यान्ड फर्किन्छन् र राष्ट्रिय नायकका रूपमा सम्मानित हुन्छन् ।

तर केही समयपछि उनले एउटा पीडादायी सत्य थाहा पाउँछन् । उनको टोलीले उनीबाट एउटा महत्त्वपूर्ण तथ्य लुकाएको रहेछ( उनी वास्तविक शिखरमा होइन, ‘रकी समिट’ भनिने स्थानसम्म मात्र पुगेका थिए, जुन वास्तविक शिखरभन्दा करिब २३ मिटर तल थियो । आफूलाई धोका दिइएको महसुस गरेपछि बेर्बेकाले पर्वतारोहण नै छोड्ने निर्णय गर्छन् ।

२५ वर्षपछि भने उनी अधुरो सपना पूरा गर्न फेरि काराकोरम फर्कने निर्णय गर्छन् । सन् २०१३ को ऐतिहासिक शीतकालीन ब्रड पिक अभियानमा सहभागी हुँदै उनले आफ्नो अधुरो लक्ष्य पूरा गर्ने प्रयास गर्छन् । तर आरोहणपछि फर्किने क्रममा माचेय बेर्बेका र तोमास कोवाल्स्की बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि विशेष टोली गएको थियो । तोमास कोवाल्स्कीको शव करिब ७,९५० मिटर उचाइमा फेला परेको थियो तर बेर्बेकाको भने शव भेटिएन ।
कान्तिपुरबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *