बारामा बालिकाको बलात्कारपछि हत्या घटनाका आरोपी किशोरको बयान खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । अन्य चार प्रहरी अनुसन्धानको घेरामा छन् ।
प्रहरी नियन्त्रणमा रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान प्रक्रिया र आरोपीको गोपनीयता उल्लंघनबारे प्रश्न उठेको छ ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले किशोरले बयान दिइरहेको भिडियो खिच्ने एक जना हवल्दारलाई नियन्त्रणमा लिइएको बताए ।
एसपी कुँवरले सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्ने र सेयर गर्नेहरूमाथि पनि अनुसन्धान हुने बताए ।