पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो पन्छाउने कार्यका लागि तयारी अघि बढाइएको छ। पहिरो पन्छाउनुअघि दुवै छेउबाट रुख कटानको काम सुरु गरिएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्।
मन्त्री लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ।
रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्री लम्सालले बताएका छन्।
सडक सञ्चालनलाई प्राथमिकतामा राखेर पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको उनले जानकारी दिएका छन्।