दुबईबाट इजरायलको राजधानी तेलअभिभतर्फ उडेको फ्लाई दुबईको विमान पाइलटले आपत्कालीन सन्देश पठाएपछि साउदी अरेबियातर्फ मोडिएको सीएनएनले समाचार लेखेको छ।
विमानमा आपतकालीन अवस्था उत्पन्न भएपछि उक्त उडानलाई साउँदी अरबतर्फ डाइभर्ट गरिएको बताएको छ। विमान केही समयमै साउदी अरेबियामा अवतरण गर्ने अपेक्षा गरिएको छ।
इजरायली एक अधिकारीले उक्त घटना विमान अपहरणसँग सम्बन्धित नभएको बताएका छन्। उनका अनुसार विमानभित्रै कर्मचारीबीचको आन्तरिक घटनाका कारण आपतकालीन अवस्था सिर्जना भएको बुझिएको छ।
घटनापछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा अवस्थाबारे छलफल गरेको सीएनएनले उल्लेख गरेको छ।
आपतकालीन सन्देश प्राप्त भएपछि इजरायली सेनाले लडाकु विमानसमेत परिचालन गरेको इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले सीएनएनलाई बताएको समाचारमा उल्लेख छ।
तेलअभिभ उडेको फ्लाइ दुबईको जहाज साउदी अरबतर्फ डाइभर्ट
दुबईबाट इजरायलको राजधानी तेलअभिभतर्फ उडेको फ्लाई दुबईको विमान पाइलटले आपत्कालीन सन्देश पठाएपछि साउदी अरेबियातर्फ मोडिएको सीएनएनले समाचार लेखेको छ।





