समाचार

सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी-मधेश-बागमतीमा भारी वर्षा हुन सक्ने

बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ।

सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी-मधेश-बागमतीमा भारी वर्षा हुन सक्ने

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसि वर्षा हुने सम्भावना छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ‌सहित वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। शनिबार राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभाव आइतबार अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने देखिएको छ।

सम्बन्धित समाचार