अक्सिजन पाइप जडानमा ढिलाई

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले १५ दिनभित्र एकसय ५० वटा अक्सिजन सहितका आइसोलेसन वेड तयार गर्न निर्देशन दिएको छ । तर, पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म अक्सिजन पाइप लाइन जडान भएको छैन । प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले सामान खरिद र पाइप जडानको लागि ठेक्का प्रकृयामा गईसकेको बताए । उनले भने, ‘सुचना निकालिसकेका छौ, जेठ २ मा टेण्डर खोल्ने कार्यक्रम छ । त्यसलगत्तै खरिद प्रकृया सुरु हुन्छ ।’ प्रकृयागत कारणले गर्दा ढिलाई भएको उनको भनाई छ ।
गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई अक्सिजन पाइपलाइन जडानको लागि ६२ लाख रुपैया दिएको थियो । गण्डकीको प्रदेश कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को वैठकले कोभिड कोषबाट आइसीयू, एचडियु लगायतका सामान खरिदको लागि उक्त रकम दिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसभन्दा अघि मन्त्रालयले गत चैत ३० मा पिपिई खरिदको लागि १० लाख रुपैया दिएको थियो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा रामबहादुर केसीका अनुसार २०७७ वैशाख १ मा आइसोलेसन वेड तयार गर्नको लागि ५० लाख रुपैया“ दिइएको थियो ।
अस्पतालमा अहिले आइसोलेसन वेड ८० वटा छन् । प्रदेश सरकारले सो अस्पतालमा ३ सयवटा वेड तयार पार्ने लक्ष्य लिएको छ । ‘अहिलेलाई अक्सिजन सहितका सयवटा वेड तयार पार्ने, एकसय वटा तयार भएपछि तत्काल अर्को एकसय थप गर्ने योजना हो’ मन्त्रालयका डा केसी भन्छन, ‘जम्मा ३ सयवटा वेड बनाउन लागेका छौ ।’ प्रतिष्ठानले ८० वटा वेड तयारी रहेको बताए पनि यता मन्त्रालयले भने जम्मा ५० वटा वेड तयारी अवस्थामा रहेको बताएको छ । मन्त्रालयले बजेट लगेर पनि समयमै काम हुन नसकेको बताएको छ । ‘कोभिड–१९ का संक्रमित दिनदिनै बढ्दो छन्’ मन्त्रालयका एक कर्मचारी भन्छन, ‘सरकारको प्राथमिकतामा स्वास्थ्य प्रतिष्ठान रहेपनि योजना अनुसार काम हुन सकेको छैन ।’ उनले विरामीले सहजै उपचार पाउने अवस्था नरहेको बताए । मन्त्रालयबाट खटिएको अनुगमनको टोलीले पनि पोखरा प्रतिष्ठानमा काम नभएको प्रतिवेदन मन्त्रालयलाई दिएको छ । ‘त्यहा“का जिम्मेवार मान्छे वेड तयार छन् भन्नुहुन्छ । भित्र लगेर देखाउनुहुन्न’ उनले भने, ‘विरामी छन् भित्र जानुहुदैन भन्दै बाहिरबाटै फर्कान्छ ।’ उनले वेड भरियो भनेपनि एक स्थानको वेड खाली नै राख्ने गरेको बताए ।
मन्त्रालयका डा केसी भन्छन, ‘वेड छ भनिन्छ तर, उपचार गराउन आउने विरामीले ठाउ“ पाउदैनन् । विरामी फर्किएर जाने अवस्था नआयोस भनेर पाइपलाइन जडानसहितको आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।’ सो अस्पतालमा तत्काल २ सय वेड तयार गर्ने गरि काम गर्नको लागि मन्त्रालयले निर्देशन दिएको छ । अस्पतालमा तत्काल वेड उपलब्ध हुन नसक्ने अवस्थामा होम आइसोलेसनलाई प्रोत्साहन दिन र होम आइसोलेसनमा रहेका संक्रमितलाई निशुल्क उपलब्ध गराउनुपर्ने आइसोलेसन किटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने डा केसीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *