आइतबार एकैदिन सुनको मुल्य ह्रवात्तै बढेको छ । एक सातादेखि निरन्तर बढिरहेको सुनको मूल्य प्रतितोला थप १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।
यसअघि शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । एक सातामै सुनको मूल्य तोलामा ३ हजारले बढेको छ । माघ २१ गते सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । माघ २१ गते चाँदी प्रतितोला १२५० रुपैयाँ रहेकोमा आज आइतबार १३ सय कायम भएको छ । शुक्रबार भने १२८० रुपैयाँ कायम भएको थियो ।
Post Views: 24