मुग्लिङ–पोखरा सडक गण्डकी प्रदेशको मुख्यद्धार हो । एसियाली विकास बंैक ९एडीबी०को आर्थिक ९ऋण० सहयोगमा निर्माणाधीन उक्त सडक दुई वर्ष भित्र चार लेनको बन्ने सम्झौता भएको छ । तर, गण्डकी प्रदेश सरकारले राजमार्ग विस्तारको काम दुई वर्षमा सम्पन्न हुने भनिए पनि ५ वर्ष लाग्ने दावी गरेको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यसको वैकल्पिक सडक निर्माण गर्नुपर्ने बताएका छन् ।
‘सडक विस्तारको काम नै चुनौति छ’ मुख्यमन्त्री नेपाली भन्छन, ‘तोकिएको समयभित्र काम सम्पन्न भए त राम्रो तर, सकिदैन । जे भनिए पनि सडक बनिसकेर जनता सहज यात्रा गर्न ५ बर्ष लाग्छ । यो बीचको अवधीमा दुख नदिने उदेश्यले हामी वैकल्पिक सडक खोजिरहेका छौ ।’ यसको लागि बेलिव्रिज राख्नुपर्ने स्थानमा राख्ने र सडक ओटासिल गर्नुपर्ने मुख्यमन्त्रीले बताए । यसका लागि मुख्यमन्त्री आफै स्थलगत अनुगमनमा गएको बताए । ‘नारायणघाट–मुग्लिङ सडक खण्डको घुमाउने मार्ग भन्ने ठाउ“मा पुल निर्माणाधीन छ’ उनले थपे, ‘त्यसमा हालका लागि बेलिव्रिज बनाएर भए पनि घुमाउनेदेखी दमौली सडक संचालनमा ल्याउने हो भने झण्डै ३२ किलोमिटर बाटो छोटिन्छ ।’
दमौलीबाट सिसाघाट हुँदै मध्यपहाडी लोकमार्गबाट पोखरा निस्कनका लागि छोटो बाटोको विकल्प पनि उनले सुनाए । बुद्धसिं मार्ग अर्थात घुमाउने बाटो तनहु“मा पर्छ । यो मार्गले चितवन छुने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । भैतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका खड्काले घुमाउने बाटोबाट मुग्लिङ हुदै दमौलीबाट लेखनाथ ९सिसुवा० निकल्न सकिने हुदा“ यसको लागि प्रदेश सरकार योजना तय गरि ठेक्काको प्रकृयामा रहेको बताए । वैकल्पिक सडकको लागि बजेट व्यवस्थाको तयारी भइरहेको उनले बताए । उनले प्रदेश सरकारले वैकल्पिक मार्ग मनाउन सके पृथ्वी राजमार्ग निर्माणाधीन अवस्थामा सहज यात्रा गर्न सकिने बताए । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माण कार्य शुरु भएको छ । सडक विभाग आयोजना निर्देशनालयले सडक विस्तार दुई चरणमा गर्नेछ । पहिलो चरणमा आवुखैरेनी–पोखरा ८६.६ किलोमिटर र दोस्रो चरणमा मुग्लिङ–आवुखैरेनी बन्ने छ ।
मुग्लिन–पोखराको दूरी ९३ किमि छ । निर्देशनालयले आ“बुखैरेनी–जामुने ९४१।४५ किमि० पूर्वी खण्ड र जामुने–पोखरा ९४५ किमि० पश्चिम गरी दुई खण्डमा छुट्याएको छ । दोस्रो खण्डमा मस्याङदी जलविद्युत् गृह रहेकाले सडक फराकिलो बनाउन समस्या देखिएकाले सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको आयोजनाले बताएको छ । यसको लागि सडक पारी सर्वे हुदैछ । चिनिया“ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड जामुने–पोखरा सडक निर्माणको जिम्मा पाएको छ भने, ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ लागतमा अर्को चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले आँबुखैरनी–जामुने पूर्वी खण्डको सडक निर्माणको जिम्मा पाएको छ । सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ ।
बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । यस्तै, सडक चारलेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने हुन्छ । परियोजनाका अनुसार दमौलीको मादी नदीमा चार लेन र पोखराको सेती नदीमा पुरानो पुलसंगै नयाँ दुईलेनको सिग्नेचर पुल निर्माण गरिने भएको छ । उक्त पुलको लम्बाइ करिव ४ सय मिटरको हुनेछ । यस सडक खण्डका अन्य ठाउँमा साना ८ वटा पुल निर्माण हुनेछन् । गण्डकी प्रदेशको ‘लाइफलाईन’ रहेको यस सडक चारलेनको बनाउने क्रममा आँबुखैरेनीदेखि कोत्रेसम्मका सानाठूला गरी ६ हजार ७ सय ५० रूखबिरुवा काटिने छन् भने, कास्की खण्डमा एक हजार २ सय ५० रूख काटिनेछन् । विस्तृत परियोजना प्रतिवेदनका अनुसार मुग्लिङदेखि पोखरासम्म सडक विस्तार गर्दा आठसय ६० घरटहरा हट्नेछन् । यसबापत सम्बन्धित व्यक्तिलाई सरकारले क्षतिपूर्ति दिइनेछ ।
परियोजनाले यसलाई नै सडक विस्तारको मुख्य चुनौतीका रुपमा लिएको छ । मुग्लिङदेखि डुम्रेसम्मका दुईसय ३७, डुम्रेदेखि दमौलीसम्म ९८, दमौलीदेखि खैरेनीटारसम्म दुईसय ६७ र खैरेनीटारदेखि पोखरासम्म दुईसय ५८ वटा घरटहरा हटाउनुपर्ने विवरण प्रतिवेदनमा उल्लेख छ । यस्तै टेलिफोन र बिजुलीका तीन हजार एकसय ४९ वटा पोल पनि हटाउनुपर्ने देखिएको छ । प्रतिवेदनले सडक विस्तारको क्रममा करिब २७ लाख घनमिटर ढुंगागिट्टी खपत हुने जनाएको छ ।
