स्थानीय तहको निर्वाचनमा मतपत्र छाप्न साढे ११ करोडको कागज खरिद गर्ने

आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाईको लागि निर्वाचन आयोगले करिब साढे ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ । यसको लागि आयोगले बोलपत्र आह्वान गरेको छ । सोही अनुसार आयोगले कागज खरिद सम्झौता गरिएको आयोगले जनाएको छ ।
आयोगले ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँमा कागज खरिद गर्ने सम्झौता गरेको हो । यस्तैगरी, आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ जनाको २० हजार रुपैयाँ बराबरको बिमा गर्ने भएको छ । सोही अनुसार प्रस्ताव आह्वान आयोगले गरेको छ । जसमध्ये आयोगका पदाधिकारी, सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) गरी ९ सय जनाको १ सय ४ दिनको बिमा हुनेछ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७ सय ७७ कर्मचारीको ७० दिनको बिमा गरिनेछ । त्यस्तै मतदान केन्द्रमा खटिने ९४ हजार जनाको १५ दिन र मतगणना कार्यमा खटिने ९ हजार ३६ कर्मचारीहरुको १० दिनको बिमा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *