स्याङजाका एघार स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख विनियोजन

Share this post :

Facebook
Twitter
WhatsApp

संघीय सरकारले शनिवार सार्वजानिक गरेको बजेट अन्तर्गत स्याङ्जाका एघार वटा स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैया विनियोजन भएको छ । जसमध्ये गल्याङ नगरपालिका ५३ करोड ७९ लाख, चापाकोट नगरपालिकामा ४२ करोड ६० लाख, पुतलीबजार नगरपालिकामा ५८ करोड ६४ लाख, भीरकोट नगरपालिकामा ३८ करोड ५१ लाख र वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख विनियोजन भएको छ ।
यसैगरी, कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ६५ लाख, अर्जुनचौपारी गाउँपालिकालाई २७ करोड ६४ लाख, आँधिखोला गाउँपालिकालाई ३३ करोड ७८ लाख, फेदीखोला गाउँपालिकालाई २४ करोड ३७ लाख र विरुवा गाउँपालिकालाई ३१ करोड ५ लाख साथै हरिनाश गाउँपालिकालाई ३१ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ । एघारवटा स्थानीय तहमध्ये सवैभन्दा कम फेदीखोला गाउँपालिकालाई जम्मा २४ करोड बजेट छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *